Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

आफूमाथिको लाञ्छना राजनीतिक आक्रमण भएको गृहमन्त्री लेखकको जिकीर

आफूमाथिको लाञ्छना राजनीतिक आक्रमण भएको गृहमन्त्री लेखकको जिकीर

  • बुधवार, जेठ १४ २०८२

  • 339
    SHARES

  • आफूमाथिको लाञ्छना राजनीतिक आक्रमण भएको गृहमन्त्री लेखकको जिकीर

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे आज आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ । गृहमन्त्री लेखकले आफूमाथिको लाञ्छना राजनीतिक आक्रमण भएको बताउनु भएको छ । भिजिट भिसामा जोडिएको विषयमा पत्रकार सम्मेलन गर्दै उहाँले आफ्नो भिजिट भिसा प्रकरणमा कुनै सहभागिता नरहेको बताउनु भएको हो ।

    ‘जेठ ८ गते सहसचिवलाई भिजिट भिसाका सन्दर्भमा सोधपुछका लागि बोलाएको र मोबाइललगायत ल्यापटप पनि नियन्त्रणमा लिएको भन्ने कुरा मैले सञ्चार माध्यमबाट जानकारी पाएको हुँ’, उहाँले भने, ‘यो विषयमा मेरो संलग्नता देखाएर जसरी विषय आएका छन्, मेरो संलग्नता छैन, म माथिको आक्रमण राजनीतिक रूपले गरिएको छ ।’

    उहाँले आफूले विषय राख्नका लागि समय माग गरेपनि नपाएको कारणले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गरेको बताउनुभयो । मन्त्री लेखकले भिजिट भिसा प्रकरणमा जोडिएका सहसचिव भट्टराईलाई अख्तियारले सोधपुछ गरेको कुरा सञ्चारमाध्यमबाट थाहा पाएको बताउँदै उहाँले अख्तियारले गर्ने छानबिनलाई सहयोग गर्ने बताउनुभयो ।

    साथै उहाँले अख्तियारले छानविन गर्ने वित्तिकै कुन मन्त्रीले राजिनामा दिएका छन् भनेर प्रश्न समेत गर्नुभएको छ । सहसचिव भट्टराईलाई आफुले सरुवा गरेर नल्याएको समेत उहाँले बताउनुभयो ।
    विपक्षी दलले गृहमन्त्रीको राजीनामा माग्दै संसद् अवरूद्ध पारेपछि बुधबार गृहमन्त्री लेखकले संसदबाटै जवाफ दिन खोज्नु भएको थियो । तर संसदमा बोल्न अवस्था नआएपछि उहाँले पत्रकार सम्मेलनको आयोजनना गरेर आफ्नो धारणा राख्नु भएको हो ।


    बुधवार, जेठ १४ २०८२०७:१८:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij