काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भिजिट भिसा प्रकरणमा दोषी देखिएकाहरूलाई कडा कारबाही गर्नुपर्ने बताउनु भएको छ । पार्टीको धरान नगरको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले गृहमन्त्री रमेश लेखकले इमानदारीपूर्वकता काम गरिरहेको आफूहरूको विश्वास रहेको बताउनुभयो ।
विश्वास भन्दामाथि कानून र प्रमाण हुने बताउँदै थापाले अख्तियारले निष्पक्ष छानबिन गर्नुपर्ने र मन्त्री माथि नै छानबिन हुने अवस्था आयो भने मन्त्रीले आफ्नो जिम्मेवारी छाड्नुपर्ने बताउनुभयो ।
अनुसन्धानको दायरामा जोसुकै मन्त्री भएपनि जिम्मेवारीमा बस्न नमिल्ने बताउँदै उहाँले भिजिट भिसा प्रकरण अमानवीय, अक्षम्य अपराध भएको र अनुसन्धानको दायरामा आएको व्यक्ति पदमा रहिरहने विषय वैधानिक नभई राजनीतिक नैतिकता र वैधताको सवाल बन्न जाने बताउनुभयो ।