काठमाडौं। बुटवलमा एकै परिवारका तीन जनाको हत्या भएको छ। बुटवलको होराइजनचोक स्थित मिलिजुली पथमा एक व्यक्तिले पूर्वपत्नी र दुई छोरीको हत्या गरेका प्रहरीले जनाएको छ।
हत्या हुनेहरुमा ३४ वर्षीया दीपा बस्याल र उनका ४ र ७ वर्षका दुई छोरीहरूको हत्या भएको हो । सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी दीपालाई उनका पूर्व श्रीमान सुजन कोइरालाले आफ्नै घरमा बोलाएर बुधबार बिहान ४ बजेतिर हत्या गरेको पाइएको छ।
रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले उनीहरुलाई घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या गरेको पाइएको जानकारी दिनुभएको छ ।
मृतक दीपाका पूर्व पति सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसी केही वर्ष अघि संविधान दिवसको दिन आम माफी पाएर छुटेका थिए ।