काठमाडौं। नेपालमा फेरी पनि कोरोना संक्रमणको जोखिम बढेको छ । छिमेकी देश भारतमा कोरोनाको नयाँ भेरियण्ट तिब्र रुपमा फैलिन थालेसँगै नेपालमा पनि जोखिम बढेको हो । कोरोनाको जोखिम बढेसँगै सरकारले आवश्यक सतर्कता अपनाउन आह्वान गरेको छ।
स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले छिमेकी देश भारतमा कोभिडको नयाँ भेरियण्टको संक्रमण तिब्र रहेको र नेपालमा पनि संक्रमणका केही केसहरु देखिएकोले सतर्कता अपनाउन आग्रह गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुराकानी गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो। बुढाथोकीले नेपालमा अहिले भेटिएका केसहरु पुरानै भेरियन्टका केसहरु रहेको र भारतमा देखिएको नयाँ भेरियन्ट भने अहिलेसम्म नेपालमा नदेखिएको बताउनुभयो।