Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सर्वोच्चको आदेशपछि रास्वपा जटिल मोडमा, रविको विकल्प खोज्नु पर्ने बाध्यता

सर्वोच्चको आदेशपछि रास्वपा जटिल मोडमा, रविको विकल्प खोज्नु पर्ने बाध्यता

रास्वपामा नयाँ नेतृत्वको तयारी गर्नुपर्ने नेता न्यौपानेको धारणा
  • शनिवार, जेठ १० २०८२

  • 780
    SHARES

  • सर्वोच्चको आदेशपछि रास्वपा जटिल मोडमा, रविको विकल्प खोज्नु पर्ने बाध्यता

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले पार्टीलाई अब नयाँ नेतृत्वका साथ अघि बढ्नुपर्ने धारणा राख्नु भएको छ ।

    नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै न्यौपानेले पार्टीको भविष्यलाई एक व्यक्तिसँग मात्रै जोडेर अगाडि बढ्न नसकिने स्पष्ट पारे।

    रास्वपा सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएपछि पार्टी नयाँ अवस्थामा पुगेको उहाँको ठम्याई छ ।

    एक जना व्यक्तिका कारण पार्टीको भविश्य तलमाथी हुन मिल्दैन, नेता न्यौपानेले भन्नु भयो, पार्टीलाई नयाँ नेतृत्वका साथ संस्थागत रूपमा अघि बढाउने बेला आएको छ।

    नेता न्यौपानेले सभापति लामिछानेलाई लागेको आरोपसँग पार्टीको सम्बन्ध नरहेको स्पष्ट पार्दै व्यक्तिगत मुद्धालाई पार्टीसँग जोड्न ठिक नहुने धारणा राख्नुभयो ।

    उहाँले रास्वपाले अब संस्थागत रुपमा गहिरो आत्ममूल्याङ्कन गर्नुपर्ने आवश्यकता पनि औल्याउनुभयो । । नेता न्यौपानेले अब रास्वपाले नेपालको वर्तमान शासन प्रणालीको विकल्प खोज्नुपर्ने र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था स्थापनाका लागि आवाज उठाउनु पर्ने धारणा समेत राख्नुभयो ।

    उहाँले रास्वपाको संसदीय दलको नेता लगायतका खाली रहेका प्रमुख पदहरूमा तत्काल पुर्ण जिम्मेवारी सहित नियुक्ती गरेर अगाडी बढाउनु पर्ने र कार्यवाहकका भरमा पार्टी चलाउन नहुनेमा जोड दिनुभयो ।


    शनिवार, जेठ १० २०८२०७:४९:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij