Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

प्रष्ट कार्ययोजनासहितको प्रतिबद्धतापछि मात्रै संसद भवनको म्याद थप हुन्छ - मन्त्री सिंह

प्रष्ट कार्ययोजनासहितको प्रतिबद्धतापछि मात्रै संसद भवनको म्याद थप हुन्छ - मन्त्री सिंह

  • बिहिवार, जेठ १ २०८२

  • 448
    SHARES

  • प्रष्ट कार्ययोजनासहितको प्रतिबद्धतापछि मात्रै संसद भवनको म्याद थप हुन्छ - मन्त्री सिंह

    काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधिन संसद भवनको काम सक्ने प्रष्ट कार्ययोजनासहितको प्रतिबद्धतापछि मात्रै म्याद थप गर्ने बताउनु भएको छ । राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त) ले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको हालसम्मको प्रगतिबारे छलफल गर्न राखेको बैठकमा उपप्रधानमन्त्री सिंहले यस्तो बताउनु भएको हो । 

    अन्तिम पटकको म्याद थपपछि काम सम्पन्न हुने गरी अहिले मन्त्रालयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । उपप्रधानमन्त्री सिंहले कन्ट्याक्टरलाई जिम्मेवार बनाउन के गर्ने भन्ने विषयमा समितिको रायअनुसार अघि बढ्ने पनि बताउनुभयो ।

    सो क्रममा समितिका सदस्यहरुले सार्वजनिक खरिद नियमावलीअनुसार म्याद थप गर्न मिल्ने अवस्था रहेको भन्दै उहाँले अहिलेको निर्माण कम्पनीलाई नै जिम्मेवार बनाएर छिटो काम सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।


    बिहिवार, जेठ १ २०८२०४:११:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij