Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सरकारको नीतिले नीजि क्षेत्रलाई प्रोत्साहन गर्छ - उर्जा मन्त्री खड्का

सरकारको नीतिले नीजि क्षेत्रलाई प्रोत्साहन गर्छ - उर्जा मन्त्री खड्का

  • बिहिवार, जेठ १ २०८२

  • 412
    SHARES

  • सरकारको नीतिले नीजि क्षेत्रलाई प्रोत्साहन गर्छ - उर्जा मन्त्री खड्का

    काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले नेपालको जलविद्युत् क्षेत्रमा नीजि क्षेत्रको सहभागिता बढाउन पहल गरिरहेको बताउनुभएको छ । ऊर्जामन्त्रालयमा बिहीबार गैरआवासीय नेपाली संघ एनआरएनएको एउटा समूहका अध्यक्ष महेश कुमार श्रेष्ठ, उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, सांसदहरू देवी भट्टचन र जीत शेरचनसँगको संयुक्त भेटमा मन्त्री खड्काले यस्तो बताउनु भएको हो ।

    आफूले ऊर्जामन्त्रालयको नेतृत्व सम्हालेयता जलविद्युत् क्षेत्रमा उल्लेख्य काम भएको बताउँदै सरकारले नीति नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने बताउनुभयो । त्यस अवसरमा मन्त्री खड्काले एनआरएनएको एउटा समूहका अध्यक्ष श्रेष्ठ नेतृत्वको कमिटीलाई बधाई दिँदै देश विकासमा एनआरएनएको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

    उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले ऊर्जा क्षेत्रमा अपार सम्भावना भएको औल्याउँदै नीति नियम सहज बनाउनु पर्ने सुझाव दिनुभएको छ । एनआरएन अध्यक्ष श्रेष्ठले नीतिगत सुधार गर्दा विदेशमा बस्ने नेपालीले सिकेका सीप र पुँजीमार्फत देश विकास गर्न सकिने उल्लेख गर्दै आगामी दिनमा आफूहरु जलविद्युतको क्षेत्रमा काम गर्ने योजनामा रहेको बताउनुभयो ।


    बिहिवार, जेठ १ २०८२०२:४५:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij