Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

योग्यताको आधारमा गभर्नर नियुक्ति हुने प्रधानमन्त्रीको दाबी

योग्यताको आधारमा गभर्नर नियुक्ति हुने प्रधानमन्त्रीको दाबी

  • बिहिवार, जेठ १ २०८२

  • 308
    SHARES

  • योग्यताको आधारमा गभर्नर नियुक्ति हुने प्रधानमन्त्रीको दाबी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र बैंकको गभर्नर योग्यताको आधारमा नियुक्ति हुने बताउनु भएको छ । बिहीबार काठमाडौँमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र बैकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यता क्रमका आधारमा क्षमतावान् व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको स्पष्ट पार्नुभएको हो ।

    उहाँले कम्पिटिटिभ र ननडिबेटेबल व्यक्ति आउनुपर्ने जिकिर गर्नुभयो । योग्यताको आधारमा गभर्नर नियुक्ति हुनुपर्ने बताउँदै उहाँले टीआरसीमा, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा मेरो आफ्नो उम्मेदवार नभएको बताउनुभएको हो ।

    प्रधानमन्त्री ओलीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्यमा पनि सिफारिस समितिको सिफारिसका आधारमा क्षमता भएका व्यक्ति नियुक्ति भएको स्पष्ट पार्नुभयो ।


    बिहिवार, जेठ १ २०८२०२:००:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij