Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

एकताबद्ध, मर्यादित र उद्देश्य केन्द्रित बन्न एनआरएनएलाई प्रधानमन्त्रीको आग्रह

एकताबद्ध, मर्यादित र उद्देश्य केन्द्रित बन्न एनआरएनएलाई प्रधानमन्त्रीको आग्रह

  • बुधवार, बैशाख ३१ २०८२

  • 393
    SHARES

  • एकताबद्ध, मर्यादित र उद्देश्य केन्द्रित बन्न एनआरएनएलाई प्रधानमन्त्रीको आग्रह

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्य केन्द्रित बनाउन आग्रह गर्नुभएको छ । सङ्घद्वारा आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संस्थाको उद्देश्यसँग नमिल्ने प्रवृत्तिहरू देखा पर्नु उचित नहुनेमा जोड दिँदै सङ्कीर्ण भावना त्यागेर उन्नतस्तरको एकतामा लाग्न आग्रह गर्नुभयो ।

    ‘आपसमा मिलेर एकताबद्ध भएर जानुपर्ने ठाउँमा यस्तो साझा संस्थामा विवाद हुनु उचित होइन । व्यक्तिका लागि विधान फेर्ने ढंगले संस्था चल्न सक्दैन । महाधिवेशनमा हानाहान र ठोकाठोकको स्थिति हुँदा राम्रो सन्देश जाँदैन । यसमा विवेक र तर्कले कम गरोस् । व्यक्तिगत स्वार्थका लागि जे पनि गर्ने थलोका रूपमा यो विकास नहोस्’, प्रधानमन्त्री ओलीको भनाइ छ । उहाँले नेपाली डायस्पोराका हकहितका साथै आपसी चिनजान, नेपाली संस्कृति परम्पराको निरन्तरता र देशका लागि के योगदान गर्न सकिन्छ भन्ने पवित्र उद्देश्यबाट प्रेरित भएर काम गर्न गैरआवासीय नेपालीलाई आग्रह गर्नुभयो ।

    संस्थामा दलीय राजनीति नगर्न आग्रह गर्दै विभाजनको प्रयास सफल नहुने बताउनुभयो । प्रधानमन्त्री ओलीले एनआरएनको वर्तमान अध्यक्ष डा.बद्री केसीको वैधानिक कार्यकाल अझै कायम रहेकाले यसले लोकतान्त्रिक र विधिवत् महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने विश्वास व्यक्त समेत व्यक्त गर्नुभएको छ ।


    बुधवार, बैशाख ३१ २०८२०२:३८:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij