Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

प्रतिकुल मौषमका कारण सगरमाथा आरोहण प्रभावित

प्रतिकुल मौषमका कारण सगरमाथा आरोहण प्रभावित

  • सोमवार, बैशाख २९ २०८२

  • 484
    SHARES

  • प्रतिकुल मौषमका कारण सगरमाथा आरोहण प्रभावित

    काठमाडौं । वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ । तथापि, प्रतिकूल मौसमका कारण आज सगरमाथा, कञ्चनजंघालगायत हिमालको आरोहण प्रभावित भएको छ । पर्यटन विभागका अनुसार, सगरमाथामा तीव्र गतिको हावाका कारण आरोहण प्रभावित भएको हो । 

    विभागका निर्देशक हिमाल गौतमका अनुसार सगरमाथामा तीव्र गतिको हावा बहेका कारणले गर्दा आज आरोहण प्रभावित भएको हो । सगरमाथाको आधार शिविरमा रहेको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रतिनिधि पासाङ भोटेका अनुसार मौसममा आएको खराबीले सगरमाथा आरोहण प्रभावित भएको छ ।

    मौसमका कारण मे १५ तारिखमा आरोहण गर्ने योजना रद्द भएको छ । सम्भवतः मे १४ तारिखको आरोहण योजना पनि रद्द हुनेछ । उक्त मितिमा सगरमाथाको चुचुरोमा पुग्ने योजना बनाएका आरोही आधार शिविर झरिरहेको विभागका प्रतिनिधि भोटेले बताउनुभयो । मौसम खराबीका कारण अबको तीन÷चार दिन सगरमाथा आरोहण नहुने जनाइएको छ ।

    यस याममा सर्वोच्च शिखर सगरमाथासहित २६ हिमाल आरोहणका लागि ११९ आरोही समूहका २४० महिला र ८८७ पुरुष गरी कुल एक हजार १२७ जनाले आरोहण अनुमति लिएका छन् ।


    सोमवार, बैशाख २९ २०८२०५:४५:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij