Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

नीति तथा कार्यक्रम विगतभन्दा यथार्थपरक रहेको बर्तौलाको जिकीर

नीति तथा कार्यक्रम विगतभन्दा यथार्थपरक रहेको बर्तौलाको जिकीर

  • आइतवार, बैशाख २८ २०८२

  • 417
    SHARES

  • नीति तथा कार्यक्रम विगतभन्दा यथार्थपरक रहेको बर्तौलाको जिकीर

    काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम विगतभन्दा यथार्थपरक, वस्तुनिष्ठ र कार्यान्वयन योग्य रहेको दाबी गर्नुभएको छ ।

    प्रतिनिधि सभाको आइतबारको बैठकमा सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले सरकारको नीति तथा कार्यक्रम अघिल्ला वर्षहरूको जस्तो ‘भद्दा’, कानुनी दृष्टिले कमजोर र स्रोतसाधनविहीन नरहेको जिकिर गर्नुभयो ।

    सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले)बिचको आपसी समझदारीको जगमा नीति तथा कार्यक्रम आएको बताउँदै बर्तौलाले यसले विद्यमान चुनौतीहरू सामना गर्दै नीतिगत स्थिरता कायम गर्ने विश्वास व्यक्त गर्नुभयो । नीति तथा कार्यक्रम घोषणात्मक र आकर्षक शब्दहरूमा सीमित नभई, मुलुकको वास्तविकता र सीमामा आधारित रहेको बर्तौलाले जिकीर गर्नुभयो ।

    सरकारको नीति तथा कार्यक्रमले देशमा नीतिगत स्थायित्व ल्याउने, दीर्घकालीन योजना कार्यान्वयनको बाटो खोल्ने र वर्तमान राजनीतिक सहकार्यलाई संस्थागत गर्ने उहाँको भनाई छ । उहाँले प्रमुख प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रममाथि सिर्जनात्मक आलोचना नभई विरोधका लागि मात्र आलोचना गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।


    आइतवार, बैशाख २८ २०८२०१:३७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij