Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोवजन गर्ने भनाई

खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोवजन गर्ने भनाई

  • शनिवार, बैशाख २७ २०८२

  • 523
    SHARES

  • खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोवजन गर्ने भनाई

    काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले देशभरका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने बताउनुभएको छ ।

    आज वीरगञ्ज महानगरपालिका–१६ मा नागवा खानेपानी ओभरहेड ट्यांकीको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली जनतालाई शुद्ध र सुरक्षित खानेपानी वितरणका लागि प्रयाप्त बजेट विनियोजन गरिने बताउनुभयो ।

    नागरिकलाई शुद्ध सुरक्षित खानेपानी वितरण गर्नु आफ्नो प्रमुख लक्ष्य रहेको बताउँदै मन्त्री यादवले खानेपानीका क्षेत्रमा प्रयाप्त वजेट विनियोजन गरी सबै नागरिकलाई सुरक्षित पानी वितरण गर्नेगरी काम भइरहेको बताउनुभयो । आगामी आर्थिक वर्ष २०८२-८३ मा सबै नागरिकलाई स्वच्छ र गुणस्तीय खानेपानी उपलब्ध गराउने तथा सरफाइका क्षेत्रमा लगानी वृद्धि गरेर दिगो विकासको लक्ष्य हासिल गरिने मन्त्री यादवले बताउनुभयो ।

    नागवा खानेपानी ओभरहेड ट्याङ्की आयोजना १८ महिनाभित्र सम्पन्न गरिने लक्ष्य राखिएको र आफुले मन्त्रीको हैसियतले यथासमयमा काम सम्पन्न होस् भनेर नियमित अनुगमन गर्ने समेत मन्त्री यादवले आश्वासन दिनुभएको छ ।


    शनिवार, बैशाख २७ २०८२०७:०३:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij