Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

उपसभामुख राना बंगालादेश प्रस्थान

उपसभामुख राना बंगालादेश प्रस्थान

  • शनिवार, बैशाख २७ २०८२

  • 449
    SHARES

  • उपसभामुख राना बंगालादेश प्रस्थान

    काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगर ६ दिने भ्रमणका लागि शनिबार बिहान बंगालादेश प्रस्थान गर्नुभएको छ । बंगालादेशको राजधानी ढाकामा हुने पत्रकार महिलाको सम्मेलनमा सहभागिताका लागि उपसभामुख राना बंगालादेशको राजधानी ढाका प्रस्थान गर्नुभएको हो ।

    इनिसिएटिभ्स अफ मिडिया वुमन नेपालले बंगलादेशस्थित नेपाली दूतावास र संयुक्त परिषद् संगको सहकार्यमा वैशाख २८ मा आयोजना गरेको कार्यक्रममा उपसभामुख रानाले प्रमुख बक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    उहाँले कार्यक्रममा पछिल्लो समयमा मिडियाका क्षेत्रका देखि साझा समस्या र चुनौती, सामाजिक तथा सांस्कृतिक दृष्टिकोण र दक्षिण एसियाभर जिम्मेवार पत्रकारितामा महिलाको निर्णायक भूमिकामा केन्द्रित रहेर संवोधन गर्ने कार्यक्रम छ ।


    शनिवार, बैशाख २७ २०८२०४:५५:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij