Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

पाकिस्तानमा रहेका नेपालीको सुरक्षार्थ सरकार पूर्ण रूपमा सचेत छ - परराष्ट्र मन्त्रालय

पाकिस्तानमा रहेका नेपालीको सुरक्षार्थ सरकार पूर्ण रूपमा सचेत छ - परराष्ट्र मन्त्रालय

  • शुक्रवार, बैशाख २६ २०८२

  • 560
    SHARES

  • पाकिस्तानमा रहेका नेपालीको सुरक्षार्थ सरकार पूर्ण रूपमा सचेत छ - परराष्ट्र मन्त्रालय

    काठमाडौं । सरकारले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ सरकार पूर्ण रूपमा सचेत रहेको बताएको छ ।

    परराष्ट्र मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको जानकारी गराएको हो ।

    यस सम्बन्धमा तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न सकिने मन्त्रालयद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

    आज मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सरकारसँग पाकिस्तानमा रहेका विद्यार्थीहरूको सुरक्षा सम्बन्धी ध्यानाकर्षण गराउनु भएके थियो । पहलगाम हमलापछि भारत र पाकिस्ताबिच तनावको स्थिती सिर्जना भएको छ ।

    press-realese_KjWbQBmJdh.jpg


    शुक्रवार, बैशाख २६ २०८२०५:२१:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij