Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

राजसंस्था फर्काउने नाममा समयको बर्बाद नगर्न एमालेको सुझाव

राजसंस्था फर्काउने नाममा समयको बर्बाद नगर्न एमालेको सुझाव

  • शुक्रवार, बैशाख २६ २०८२

  • 399
    SHARES

  • राजसंस्था फर्काउने नाममा समयको बर्बाद नगर्न एमालेको सुझाव

    काठमाडौं । सत्तारूढ नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले राजावादीलाई राजसंस्था फर्काउने भनेर समयको बर्बाद नगर्न सुझाव दिनुभएको छ । सरकारले संसद्मा पेस गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले शुक्रबार राजा खोजेर समय बर्बाद नगर्न राजावादीलाई सुझाव दिनुभएको छ।

    ‘तासका बुङका राजा–रानी खोजेर अब जिन्दगी गुजार्नुस् । बाँकी त कहाँबाट आउनु ? राजा–राजा भन्या छ, अब निद्रा नि नपर्ला जस्तो भइसक्यो,’ सांसद बाँस्कोटाले भन्नुभयो, ‘त्यतातिर कोसिसै नगर्नुस् । यो पनि समयको बर्बादी हो के । त्यता नजाऔँ ।’

    उहाँले राजसंस्थाको वकालत गर्दै आएको प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई आगामी निर्वाचनमा बहुमत ल्याउने कोसिस गर्न पनि सुझाव दिनुभयो । ‘यहाँ केही साथीहरू व्यवस्था बदल्न आन्दोलनमा हुनुहुन्छ । सरकार संविधान नै संशोधन गर्छु भनिरहेको छ त किन आन्दोलन गर्नुपर्यो ?,’ सांसद बाँस्कोटाले प्रश्न गर्दै सुझाव दिनुभयो ।


    शुक्रवार, बैशाख २६ २०८२०४:०९:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij