Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

व्यवस्था नै अनिश्चित छ लिङ्देन

व्यवस्था नै अनिश्चित छ लिङ्देन

  • शुक्रवार, बैशाख २६ २०८२

  • 441
    SHARES

  • व्यवस्था नै अनिश्चित छ लिङ्देन

    काठमाडौं । राजसंस्थाको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई सरकारमात्रै नभएर व्यवस्था नै अनिश्चित छ, भन्ने लागिसकेको तर्क गर्नुभएको छ ।

    प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले सरकार आफैँले नीति तथा कार्यक्रममा उल्लेख गरेको विषयले यसको पुष्टि भएको जिकिर गर्नुभयो ।

    ‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने भन्ने सम्म त यो गणतान्त्रिक सरकारले लेख्नु ठीकै छ । तर, त्यसकाविरुद्ध प्रतिवाद गर्ने, लड्ने भन्ने कुरा नीति तथा कार्यक्रममा ल्यायो,’ लिङ्देनले भन्नुभयो ।

    उहाँले राप्रपाले लामो समयदेखि उठाउँदै आएको व्यवस्था परिवर्तनको विषयलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेको भन्दै सरकारलाई धन्यवाद पनि दिनुभएको छ ।


    शुक्रवार, बैशाख २६ २०८२०३:४७:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij