Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न एमालेको ‘ह्वीप’

नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न एमालेको ‘ह्वीप’

  • शुक्रवार, बैशाख २६ २०८२

  • 515
    SHARES

  • नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न एमालेको ‘ह्वीप’

    काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले आफ्ना सांसदहरूलाई सरकारको नीति तथा कार्यक्रमको पक्षमा मतदानका लागि ‘ह्वीप’ जारी गरेको छ । एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले शुक्रबार दलका सांसदहरूलाई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ‘ह्वीप’ लगाउनु भएको हो ।

    ‘सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ पेश गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्नु हुन ह्वीप जारी गरिएको छ,’ बर्तौलाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि तय गरेको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।


    शुक्रवार, बैशाख २६ २०८२०२:५८:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij