Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

बक्यौता उठाउन सरकारले निर्देशन दिएको उर्जामन्त्रीको दाबी

बक्यौता उठाउन सरकारले निर्देशन दिएको उर्जामन्त्रीको दाबी

  • बिहिवार, बैशाख २५ २०८२

  • 498
    SHARES

  • बक्यौता उठाउन सरकारले निर्देशन दिएको उर्जामन्त्रीको दाबी

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले सरकारले ट्रंक लाइन डेडिकेटर र ट्रंक लाइनको विद्युत् महशुल नउठाउ नभनेको स्पष्ट पार्नुभएको छ ।

    विद्युत् नियमन आयोगको छौठौं वार्षिकोत्सवमा आयोजित समारोहलाई आज सम्बोधन गर्दै उहाँले आफूविरुद्ध मिडियामा विभिन्न प्रचारबाजी भएपनि आफूले कहिल्यै त्यस्तो दबाब नदिएको जिकिर गर्नुभयो ।

    मन्त्री खड्काले टीओडी मिटरमा देखिएको विवाद छिनोफानो गर्ने जिम्मेवारी विद्युत् नियमन आयोगको रहेको मन्त्री खड्काको भनाइ थियो । सरकार हरेक पक्षले न्याय हुनेगरी उपभोग गरेबापतको महशुल तिर्न उद्योगीलाई भनेको बताउँदै उहाँले उपभोक्ता नठगिने गरी बाँकी बक्यौता उठाउन सरकारले निर्देशन दिएको बताउनुभयो । ऊर्जा क्षेत्रमा हिजोका दिनमा झोलामा खोला भन्ने प्रचलन रहेको बताउँदै खड्काले आजको दिनमा त्यो मोडिफाइ भइसकेको दाबी गर्नुभएको छ।


    बिहिवार, बैशाख २५ २०८२०२:४०:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij