Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

जेठ १५ देखि जनआन्दोलनको घोषणा

जेठ १५ देखि जनआन्दोलनको घोषणा

  • बिहिवार, बैशाख २५ २०८२

  • 484
    SHARES

  • जेठ १५ देखि जनआन्दोलनको घोषणा

    काठमाडौं । राजसंस्था पुनस्र्थापना र सनातन हिन्दु धर्मका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफूहरूले घोषणा गरेको आन्दोलन शान्तिपूर्ण हुने बताउनुभएको छ ।

    आज राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै सुवेदीले आगामी जेठ १५ गतेबाट देशभर जनआन्दोलन सुरु गर्ने घोषणा गरिएको छ । घोषणासभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पञ्चायतकालीन नेता केशरबहादुर विष्ट लगायत उपस्थित छन्, २०८२ जेठ १५ देखि शुरू हुने उक्त आन्दोलन हिन्दुराष्ट्र र राजसंस्था स्थापना नभएसम्म नटुंगिने सुवेदीले जानकारी दिनुभयो । साथै, उहाँले आन्दोलनका बाँकी कार्यक्रमहरू उपयुक्त समयमा घोषणा हुने जानकारी दिनुभयो ।

    मुलुकमा शान्ति र स्थायित्व कायम गर्दै नेपालको अस्तित्वको रक्षा र नेपाली जनताको समग्र हित र समुन्नति नै आफुहरुको लक्ष्य रहेको बताउँदै उहाँले बाह्य शक्तिहरूको संलग्नता नरहने र यो आन्दोलन नेपाली जनताको लागि नेपाली जनताद्वारा गरिने नेपाली जनताको राष्ट्रवादी आन्दोलन हुने बताउनुभयो ।


    बिहिवार, बैशाख २५ २०८२०२:२५:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij