काठमाडौं । नेपाली कांग्रेसका सांसद एनपी साउदले सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनमा लैजान चुनौतीपूर्ण रहेको बताउनुभएको छ । आज प्रतिनिधिसभा बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्दै सांसद साउदले यस्तो बताउनुभएको हो । उहाँले केही वर्षदेखि मुलुकको अर्थव्यवस्था शिथिल अवस्थामा रहेको बताउनुभयो ।
आर्थिक सुधारको लागि सरकारले केही महत्त्वपूर्ण कदम चाल्नु पर्ने र बलियोसँग हिँड्नुपर्ने आवश्यकता रहेको बताउँदै सांसद साउदले सरकारको नीति तथा कार्यक्रम थप प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।
सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनमा लैजान चुनौतीपूर्ण रहेको भन्दै उहाँले केही वर्षदेखि मुलुकको अर्थव्यवस्था शिथिल अवस्थामा रहेको र आर्थिक सुधारको लागि सरकारले केही महत्वपूर्ण कदम चाल्नुपर्ने र बलियोसँग हिँड्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
शिक्षाको विषयमा विद्यालयहरू साझेदारी गरेर विद्यालय सञ्चालन गर्ने भनेकाले मोडिलीटी बनाउनुपर्ने सांसद साउदको भनाई छ । लामो समय सुकुम्बासी समस्या राजनीतिक भएकाले पीडितहरूको समस्या समाधान गर्न आवश्यक रहेको र कृषि क्षेत्रलाई सुधार गरी कृषिमा आत्मनिर्भर बन्ने गरी कार्यक्रमहरू ल्याएर उचित बजेट विनियोजन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।