Nov 16 2026 | २०८३, मंसिर १ गते

२०८३, मंसिर १ गते
  • यो साता चर्चामा :
images

आजको मौसमः तीन वायुको प्रभावले कतै बदली त कतै वर्षाको सम्भावना

आजको मौसमः तीन वायुको प्रभावले कतै बदली त कतै वर्षाको सम्भावना

  • बुधवार, बैशाख २४ २०८२

  • 739
    SHARES

  • आजको मौसमः तीन वायुको प्रभावले कतै बदली त कतै वर्षाको सम्भावना

    काठमाडौँ । हाल देशभर आंशिकदेखी साधारणतया बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावसँगै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।

    जसको प्रभावले देशको पहाडी भूभागको थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ। देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

    कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका ‍एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासँगै हिमपातको पनि सम्भावना रहेको छ।

    आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी प्रदेश लगायत देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको हिमाली भूभागका एक–दुई स्थानमा स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ।


    बुधवार, बैशाख २४ २०८२०८:२७:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij