Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

द्वन्द्व पीडितहरूको सहभागिता गराउने देउवाको प्रतिबद्धता

द्वन्द्व पीडितहरूको सहभागिता गराउने देउवाको प्रतिबद्धता

  • सोमवार, बैशाख २२ २०८२

  • 589
    SHARES

  • द्वन्द्व पीडितहरूको सहभागिता गराउने देउवाको प्रतिबद्धता

    काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्व पीडितहरूको सहभागिता गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    आज ध्यानाकर्षण पत्र बुझाउन बुढानीलकण्ठ पुगेका देवि खड्का, डा.राम भण्डारी, मैना कार्की, सुमन अधिकारी, गीता रसाइली, गोपालबहादुर शाह र फणीन्द्र लुइँटेललाई देउवाले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पीडितको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

    संक्षिप्त सूची बनाउनुअघि पीडितको प्रतिनिधिलाई नभेटेर सिफारिस समिति चुकेको पनि देउवाले बताउनु भएके थियो । ध्यानाकर्षण पत्र बुझाउन गएकाहरूले सिफारिस समितिले पीडितहरूसँग परामर्श गर्नुपर्ने कानुनी व्यवस्था लत्याएको भन्दै विमति राखेका थिए ।


    सोमवार, बैशाख २२ २०८२०४:३६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij