Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

राजसंस्था पुनर्स्थापनाका आन्दोलनमा उत्रिने घोषणा

राजसंस्था पुनर्स्थापनाका आन्दोलनमा उत्रिने घोषणा

  • सोमवार, बैशाख २२ २०८२

  • 653
    SHARES

  • राजसंस्था पुनर्स्थापनाका आन्दोलनमा उत्रिने घोषणा

    काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले चाँडै आन्दोलनमा उत्रिने घोषणा गरेको छ । आज काठमाडौँको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बसेको बैठकले आन्दोलन घोषणा गरेको हो ।

    गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन गरेको थियो । जहाँ एक पत्रकार सहित दुई जनाको मृत्यु भएको थियो । अवाञ्छित गतिविधि गरेको भन्दै आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईँ, रवीन्द्र मिश्र, धवलशमशेर राणा लगायतलाई प्रहरीले पक्राउ गरेको थियो ।

    पक्राउ परेकामध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राणा हाजिर जमानीमा रिहा भइसकेका छन्, भने वरिष्ठ उपाध्यक्ष मिश्र अझै पनि प्रहरी हिरासतमा छन् ।


    सोमवार, बैशाख २२ २०८२०४:२९:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij