Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सात बुँदे सहमतिमै टेकेर नीति तथा कार्यक्रम आएको कांग्रेस सचेतकको दाबी

सात बुँदे सहमतिमै टेकेर नीति तथा कार्यक्रम आएको कांग्रेस सचेतकको दाबी

  • सोमवार, बैशाख २२ २०८२

  • 356
    SHARES

  • सात बुँदे सहमतिमै टेकेर नीति तथा कार्यक्रम आएको कांग्रेस सचेतकको दाबी

    काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कांग्रेस–एमालेबीच भएको सात बुँदे सहमतिमा टेकेर नै सरकारको नीति तथा कार्यक्रम आएको बताउनुभएको छ ।

    आज संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले कांग्रेस समेतको सहभागितामा सात बुँदे सहमतिमा टेकेर नै सरकारको नीति तथा कार्यक्रम आएको बताउनुभयो ।


    उहाँले नीति तथा कार्यक्रमलाई लागू गर्नका लागि पर्याप्त आर्थिक स्रोत नभएकाले कार्यान्वयनमा चुनौती रहेको जिकिर गर्नुभएको छ । घिमिरेले सरकारको नीति तथा कार्यक्रममा कांग्रेसका कसैको पनि ठूलो असन्तुष्टि नरहेको बताउनुभयो । उहाँले आगामी बजेट नीति तथा कार्यक्रमलाई सम्बोधन गर्नेगरि आउनुपर्नेमा जोड दिनुभएको छ।


    सोमवार, बैशाख २२ २०८२०३:२०:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij