काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइ सरकारको बेलुन फुटिसकेको दाबी गर्नुभएको छ । आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा संसद्बाट प्रचण्डले यस्तो बताउनुभएको हो ।
एक महिना बितिसक्दा पनि एउटा गभर्नर नियुक्त गर्न नसकेको बताउँदै प्रचण्डले हरेक नियुक्ति र निर्णयमा स्वार्थ समूह नै हावी भएको आरोप लगाउनुभयो । जनताले सेवा प्रवाह सहज रुपमा पाउन सकेको र सार्वजनिक संस्थानमा चरम राजनीतिकरण भइरहेको उहाँको भनाई छ । प्राविधिक रुपमा अहिलेको सरकार नढलेको भए पनि जनताको मन मस्तिष्कमा सरकार ढलेजस्तो भएको प्रचण्डको भनाई छ ।
जनताको मन मस्तिष्कमा सरकार छैन् भन्ने स्थापित भएको बताउँदै उहाँले लोकतन्त्रमाथि बाहिरबाट भन्दा सरकारकै काम कारबाहीका कारण बढी खतरा पैदा हुँदै गएको दाबी गर्नुभयो ।