पर्वत । नेपाल सरकारको निर्णय अनुसार एक पालिका एक अस्पताल निमार्ण गर्न स्थानीय तहलाई जिम्मा दिएसँगै मोदीगाउँपालिकाले जग्गा खोजी गरेको छ ।
गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल सहितको अध्ययन समितिलाई नेपाली काँग्रेस मोदीगाउँपालिकाले उपयुक्त स्थानमा जग्गादान गर्ने निर्णय समेत गरेको छ ।
काँग्रेस मोदीगाउँपालिकाका संयोजक जीवनाथ शर्माको संयोजकत्वमा ११ रोपनी जग्गा निशुल्क दान गर्ने निर्णय भएको छ ।
नेपाली काँग्रेस मोदीगाउँपालिकाका प्रवक्ता दिपेन्द्रजगं लामिछानेका अनुसार अस्पताललाई उपयुक्त जग्गा डिम्मुवा प्रावि नजिकै रहेको छ ।
यो पोखरा–बाग्लुङ सडक खण्डको मापदण्डमा रहेकाले सर्वसाधरणलाई पायक पर्छ । तसर्थ,यही उपयुक्त जग्गामा अस्पताल बनाउन नेपाली काँग्रेस मोदीगाउँपालिका पर्वतले स्थानीय तह र गाउँपालिकाका प्रमुख प्रेम पौडेलसँग जोड्दार माग गरेको उहाँले बताउनुभयो ।
स्वास्थ्यसुबिधा जस्तो सर्वसुलभ सेवा र संरचना निर्माणमा गाउँपालिकाले सर्मथन गर्नेमा आफुहरु सहित स्थानीयले अपेक्षा गरेको उहाँको भनाई रहेको छ ।