Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सरकारले ल्याएको नीति तथा कार्यक्रम उत्कृष्ट - उपप्रधानमन्त्री सिंह

सरकारले ल्याएको नीति तथा कार्यक्रम उत्कृष्ट - उपप्रधानमन्त्री सिंह

  • शनिवार, बैशाख २० २०८२

  • 337
    SHARES

  • सरकारले ल्याएको नीति तथा कार्यक्रम उत्कृष्ट - उपप्रधानमन्त्री सिंह

    काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम राजनीतिक आर्थिक सामाजिक गतिविधि बढाउने गरी आएको बताउनुभएको छ ।

    स्यस्य समाज यलको ११औँ स्थापना दिवसका अवसरमा आज मंगलबजारमा आयोजित नगरपरिक्रमा कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले अहिलेको सरकार ठूलो सङ्घर्ष र बलिदानीबाट जारी भएको संविधान कार्यान्वयन तथा नागरिकको अपेक्षा पूरा गर्ने गरी नीति तथा कार्यक्रम आएको बताउनुभयो ।
    हरेकको जीवन सहज र सफल होस् भन्दै राजनीतिक स्थिरता दिँदै प्रतिकूलताबाट सहज बनाउन वर्तमान सरकार गठन भएको बताउँदै उहाँले धेरै सङ्घर्ष गरेर प्राप्त गरेको संविधानअनुसार अभ्यास गर्न पाएको कुरा भुल्न नहुने बताउनुभयो ।

    हरेक जातजातिको सहभागिताबाट समाजमा परापूर्वकालदेखि पुर्खाहरूले मिलेर समाजलाई अगाडि बढाउन गरेको योगदान र देखाएको सकारात्मक कुरालाई निरन्तरता दिन स्यस्य समाजले उल्लेखनीय काम गर्ने गरेको सिंहको भनाई छ । उपप्रधानमन्त्री सिंहले विभिन्न भाषाभाषी भएको नेपाली समाजमा सबैलाई समेटेर योगदान र मूल्य–मान्यताको सम्मान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।


    शनिवार, बैशाख २० २०८२०१:३४:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij