Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

प्रविधिका क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह

प्रविधिका क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह

  • शुक्रवार, बैशाख १९ २०८२

  • 517
    SHARES

  • प्रविधिका क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सडक, विद्युत् लगायत पूर्वाधारको विकास भएकाले सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।

    आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दि वस, २०८२ का अवसरमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई आधुनिक र प्रविधिमय बनाउन हरेक दिन एक पाइला अगाडि भन्ने सोचका साथ काम गर्न आग्रह गर्नुभयो ।

    उहाँले मुलुकको सुशासन, विकास र सहज सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगको अधिकारलाई विस्तार गर्दै थप उपलब्धि हासिल गर्नुपर्ने बताउनुभएको छ । शिक्षालगायत हरेक क्षेत्रमा सूचना र प्रविधिको प्रयोग बढ्दै गएको बताउँदै उहाँले एसइईईमा ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुने अवस्था अन्त्यका लागि व्यक्तिगत पहलमा गत वर्षदेखि अनलाइन माध्यमबाट महत्वपूर्ण विषयमा कक्षा सञ्चालन गरेको बताउनुभयो ।

    प्रधानमन्त्री ओलीले अब हामीले आफ्नै सुरक्षासहितको डेटा प्रणाली कायम गर्नुपर्नेमा जोड दिँदै व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन भएन भन्नेहरूका लागि सूचना प्रविधिको विकास आफैमा जवाफ भएको टिप्पणी गर्नुभएको छ ।

    टेलिफोन पाउन मन्त्रीको तोक लगाउनुपर्ने अवस्थाबाट अघि बढिसकेको बताउँदै प्रधानमन्त्री ओलीले अहिले नेपाल अन्तरिक्षमा पनि आफ्नै स्याटेलाइट पठाउने प्रयास सुरु गर्ने अवस्थामा पुगेको बताउनुभयो । मुलुकको समृद्धिका लागि कुना कुनाका जनजनमा विकास र सुशासनका लागि सूचना तथा सञ्चार प्रविधिको विस्तार र प्रयोगमा जानुपर्ने उहाँको भनाई छ ।


    शुक्रवार, बैशाख १९ २०८२०२:४८:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij