Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभाको बैठक शुक्ररबारसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक शुक्ररबारसम्मका लागि स्थगित

  • मंगलवार, बैशाख १६ २०८२

  • 500
    SHARES

  • प्रतिनिधिसभाको बैठक शुक्ररबारसम्मका लागि स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्ररबारसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक शुक्रबार अपराह्न ५ बजे बस्ने गरी स्थगित गर्नुभएको हो । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले धारणा राखेका थिए भने, आजकै बैठकबाट ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ लाई बहुमतले पारित भएके छ ।

    विधेयकमाथिको सैद्धान्तिक छलफलपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ लाई पारित गरियोस् भनी राखेको प्रस्तावमा बहुमत सांसदहरूले सहमति जनाएका थिए ।

    विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौरसियाले उक्त विधेयकले प्रचलित कानुनमा रहेका प्राविधिक त्रुटिहरूको सुधार गर्दै नेपालको दिगो विकास, सुशासनको प्रत्याभूति र वातावरण संरक्षणमा टेवा पुग्ने बताउनुभयो ।

    त्यस्तै बैठकबाट ‘भन्सार विधेयक, २०८१’ पनि पारित भएको छ । विधेयकमाथिको सैद्धान्तिक छलफलपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले विधेयकलाई पारित गरियोस् प्रस्तुत गरेको प्रस्तावमा संसद्का बहुमत सांसदहरूले सहमति जनाएका छन् ।

    विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले भन्सार बिन्दुहरूमा रहेको बेथिति हटाउनको लागि भन्सारसम्बन्धी कानुनलाई संशोधन एवं एकीकरण गर्नको लागि विधेयक ल्याइएको बताउनुभयो ।


    मंगलवार, बैशाख १६ २०८२०४:३०:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij