Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

झापाबाट सुरु भएको माअ‍ोवादीको जागरण अभियान कैलाली पुग्यो

झापाबाट सुरु भएको माअ‍ोवादीको जागरण अभियान कैलाली पुग्यो

  • मंगलवार, बैशाख १६ २०८२

  • 558
    SHARES

  • झापाबाट सुरु भएको माअ‍ोवादीको जागरण अभियान कैलाली पुग्यो

    काठमाडौं । नेकपा माओवादी केन्द्रले झापाबाट सुरु गरेको तराई–मधेश जागरण अभियान कञ्चनपुर पुगेर समापन हुँदैछ । हुलाकी राजमार्ग केन्द्रित अभियान टोली हिजो साँझ कैलाली प्रवेश गरेको हो ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको केन्द्रीय पदाधिकारी लगायतको टोलीलाई साँझ ५ बजे टीकापुर नगरपालिकाको सत्ती कर्णालीमा स्वागत गरिएको थियो। आज दिउँसो साढे ३ बजे प्रचण्डले धनगढीको ओम पार्टी प्यालेसमा अन्तरक्रिया कार्यक्रम गर्ने कार्यक्रम रहेको छ । त्यसपछि अभियान टोली हुलाकी राजमार्ग हुँदै कञ्चनपुर जाने जाने छ ।

    यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको भजनीका अनाथ तथा सहिद परिवारका दुई जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ ।

    कैलालीको दभजनी नगरपालिका–५ स्थित कर्मेश्वर माध्यमिक विद्यालयमा आज आयोजित शैक्षिक कार्यक्रममा उहाँले अल्पसङ्ख्यक राजी समुदायका कक्षा ३ मा अध्ययनरत निन्दु राजी र सहिद परिवारकी कक्षा १० मा अध्ययनरत अनिशा थरूनीको अभिभावकत्व ग्रहण गर्ने घोषणा गरेको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ । उहाँले यी बालबालिकाको शिक्षा र भविष्य निर्माणसम्मको सम्पूर्ण जिम्मेवारी पार्टी र आफूले वहन गर्ने प्रतिबद्धता गर्नुभएको छ ।


    मंगलवार, बैशाख १६ २०८२०२:११:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij