Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

माओवादीलाई एमालेको आग्रहः शिक्षक आन्दोललाई सरकार ढाल्ने अस्त्र नबनाउनुहोस

माओवादीलाई एमालेको आग्रहः शिक्षक आन्दोललाई सरकार ढाल्ने अस्त्र नबनाउनुहोस

  • मंगलवार, बैशाख १६ २०८२

  • 330
    SHARES

  • माओवादीलाई एमालेको आग्रहः शिक्षक आन्दोललाई सरकार ढाल्ने अस्त्र नबनाउनुहोस

    काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले शिक्षक आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र नबनाउन नेकपा माओवादी केन्द्रलाई सुझाव दिनुभएको छ । आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै गैरेले पेशागत आन्दोलनबाट सरकारलाई अप्ठेरो बनाउने, सत्ता ढाल्ने अस्त्र बनाउने र र त्यसैबाट आफू प्रधानमन्त्री हुने असफल प्रयत्न अन्त्य हुनुपर्ने बताउनुभयो ।

    उहाँले छलफलमा एउटा कुरा गर्ने र सडकमा गएर अर्को कुरा गर्न खोजे नेपालको शिक्षाको विकास हुन नसक्ने तर्क गर्नुभयो । विद्यालय शिक्षा विधेयक अघि नबढ्नुको आरोप सत्तापक्षलाई मात्रै लगाएर कसैले छुट नपाउने बताउनुभएको छ ।

    त्यस्तै गैरेले सडकमा शिक्षक र सुरक्षाकर्मीबीच झडप गराएर पनि छुट पाउने परिस्थिति नभएको बताउँदै समितिमा विचाराधीन रहेको विधेयकलाई छिटो पारित गर्नका लागि सामूहिक प्रतिबद्धता आवश्यक पर्ने जिकिर गर्नुभयो ।


    मंगलवार, बैशाख १६ २०८२०१:५४:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij