Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

असन्तुष्टिलाई उत्तेजनामा लिन नहुने महामन्त्री थापाको सुझाव

असन्तुष्टिलाई उत्तेजनामा लिन नहुने महामन्त्री थापाको सुझाव

  • सोमवार, बैशाख १५ २०८२

  • 433
    SHARES

  • असन्तुष्टिलाई उत्तेजनामा लिन नहुने महामन्त्री थापाको सुझाव

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले असन्तुष्टिको कारोबार गर्न नहुने बताउनु भएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले असन्तुष्टिको कारोबार नगर्न र असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने काम नगर्न सचेत गराउनुभएको हो ।

    राजनीतिक उपलब्धिहरूका सम्बन्धमा आम नागरिकहरूमा सन्तोष रहँदै गर्दा पनि अहिले एउटा ठुलो बेचैनी, असन्तोष रहेको बताउँदै थापाले असन्तुष्टि र बेचैनीको मुख्य कारण नागरिकहरूको अवस्थामा परिवर्तन नआउनु रहेको जिकिर गर्नुभयो । असन्तुष्टि र बेचैनीलाई हटाउन जरुरी रहेको उहाँको भनाई छ ।

    नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको मुख्य विषय पनि त्यही बताउँदै महामन्त्री थापाले अर्थतन्त्रमा देखिएका जति पनि समस्याहरू छन्, सङ्कटहरू छन्, यसलाई सम्बोधन नगरीकन नागरिकका असन्तुष्टि सम्बोधन हुनै नसक्ने दाबी गर्नुभयो । नेकपा एमालेसँग भएको सहकार्यअनुसार नै अघि बढ्ने र संघ वा प्रदेश कतै पनि राजनीतिक अस्थिरतामा नलाग्ने बताउनुभएको छ । सरकारमा बस्नका लागि मात्रै नभई परिणाम दिने गरी काम गर्न आवश्यक रहेको उहाँको भनाई छ ।


    सोमवार, बैशाख १५ २०८२०१:४३:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij