Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

आजको मौसमः यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना

आजको मौसमः यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना

  • सोमवार, बैशाख १५ २०८२

  • 796
    SHARES

  • आजको मौसमः यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना

    काठमाडौं। हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभावसमेत रहेको छ।

    जसको प्रभावले आज बागमती प्रदेशका केही स्थानहरू तथा कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

    कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीको सम्भावना रहेको छ।

    यसले कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।


    सोमवार, बैशाख १५ २०८२०८:२७:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij