काठमाडौं । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा गत मंगलबार जम्मू–कश्मीरको पहलगाममा २७ जनाको ज्यान जाने गरी भएको चरमपन्थी हमलाले प्रवेश पाएको छ । बैठकमा सांसद सराज अहमद फारुकीले भारतको पहलगाममा मंगलबार भएको चरमपन्थी हमलाको निन्दा गर्दै दोषीलाई कडा कारबाही हुनुपर्ने माग गर्नुभएको छ ।
उहाँले देशभित्र सामााजिक सद्भावमा खलल पु¥याउने ध्येयले राप्रापाका सांसद ज्ञानेन्द्र शाहीले अभिव्यक्ति दिएर मुस्लिम समुदायको भावनमा ठेस पु¥याएको भन्दै आपत्ति समेत जनाउनुभयो।
यस्तै नेकपा मओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले सरकारको ध्यान नियुक्तिमा मात्रै केन्द्रित देखिएको आरोप लगाउँदै शिक्षकका जायज माग पूरा गर्नेतर्फ लाग्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद रामहरि खतिवडाले इजरायलमा काम गर्न गएका नेपाली विपिन जोशीको अवस्था अझै अज्ञात रहकाले खोजी र उद्धारको प्रयास हुनुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी सांसद असिम साहले सामाजिक सञ्जाल नेपालको कानुनअनुसार दर्ता भएर सञ्चालित हुनुपर्नेमा जोड दिँदै त्यस्ता कानुनमा भएका उल्झन हटाउन सुझाव दिनुभएको छ ।