Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेविरुद्ध पर्सामा मुद्दा दर्ता

रवि लामिछानेविरुद्ध पर्सामा मुद्दा दर्ता

  • आइतवार, बैशाख १४ २०८२

  • 378
    SHARES

  • रवि लामिछानेविरुद्ध पर्सामा मुद्दा दर्ता

    काठमाडौं । रवि लामिछानेविरुद्ध दर्ता भएको मुद्दा पर्सा प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा पठाएको छ । बयान र अनुसन्धान सकिएपछि पर्सा प्रहरीले रास्वपा सभापति लामिछानेविरुद्ध ठगी तथा सङ्गठित अपराधको मुद्दामा कारबाहीको माग गर्दै शुक्रबार प्रहरी प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।

    प्रहरीले बुझाएको प्रतिवेदनमा ४१ जनालाई प्रतिवादी बनाइएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए । उनका अनुसार दुई वटा मुद्दाको अनुसन्धान सकिएपछि कारबाहीका लागि विभिन्न कम्पनी तथा व्यक्तिलाई प्रतिवादी बनाउँदै प्रतिवेदन अगाडि बढाइएको छ ।

    यी मुद्दामा ३० जना व्यक्ति, तीन वटा सहकारी र ८ वटा विभिन्न कम्पनीलाई प्रतिवादी बनाइएको पर्सा प्रहरीले जनाएको छ । २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय २९ रुपैयाँ बिगो माग दाबी गर्दै प्रहरी प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।


    आइतवार, बैशाख १४ २०८२०७:३१:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij