Nov 16 2026 | २०८३, मंसिर १ गते

२०८३, मंसिर १ गते
  • यो साता चर्चामा :
images

आरोप प्रमाणित गर्न राप्रपा अध्यक्ष लिङ्देनलाई कांग्रेसको चेतावनी

आरोप प्रमाणित गर्न राप्रपा अध्यक्ष लिङ्देनलाई कांग्रेसको चेतावनी

  • आइतवार, बैशाख १४ २०८२

  • 585
    SHARES

  • आरोप प्रमाणित गर्न राप्रपा अध्यक्ष लिङ्देनलाई कांग्रेसको चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसले गत चैत १५ गते तीनकुनेमा भएको घटनाका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट रक्सीको बोतल चोर्ने कुन सहमहामन्त्रीको छोरा हो त्यो प्रमाणित गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई चेतावनी दिएको छ ।

    आज प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कांग्रेसका कुन सहमहामन्त्रीका कुन छोराले रक्सीको बोतल चोरेका हुन् त्यो प्रमाणित गर्नुपर्ने बताउनुभयो । ‘कुन सहमहामन्त्रीको कुन चाहिँ छोराले रक्सीको बोत्तल बोकेर हिँड्नुभएको हो त्यो प्रमाण पेस गर्नुपर्छ । होइन भन्ने उहाँको भनाइ रेकर्डबाट हटाउनुपर्छ’ घिमिरेले भन्नुभयो ।

    राप्रपा अध्यक्ष लिङ्देनले शुक्रबारको प्रतिनिधिसभा बैठकमा भाटभटेनीमा रक्सी चोर्नेमा कांग्रेस सहमहामन्त्रीका छोरा पनि रहेको प्रमाण आफूहरूसँग रहेको बताउनुभएको थियो ।


    आइतवार, बैशाख १४ २०८२०१:१७:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij