Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

सरकार परिवर्तनको चर्चा उत्कर्षमा, कांग्रेस नेताहरुको अभिव्यक्तिले गठबन्धनमा तरङ्ग, सशंकित प्रधानमन्त्रीको प्रतिवाद भने कायमै (खास खबर)

सरकार परिवर्तनको चर्चा उत्कर्षमा, कांग्रेस नेताहरुको अभिव्यक्तिले गठबन्धनमा तरङ्ग, सशंकित प्रधानमन्त्रीको प्रतिवाद भने कायमै (खास खबर)

  • शनिवार, बैशाख १३ २०८२

  • 1.4K
    SHARES

  • सरकार परिवर्तनको चर्चा उत्कर्षमा, कांग्रेस नेताहरुको अभिव्यक्तिले गठबन्धनमा तरङ्ग, सशंकित प्रधानमन्त्रीको प्रतिवाद भने कायमै (खास खबर)

    काठमाडौं । सरकार परिवर्तनको चर्चाले फेरी पनि तरङ्ग ल्याएको छ। कांग्रेस एमालेको गठबन्धनबाट एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको वर्तमान सरकार परिवर्तन भएर नयाँ सरकार बन्ने विषय सतहमा आएपछी फेरी चर्चा चुलिएको हो।

    गत असार १७ गते मुलुकका दुई ठुला दल नेपाली कांग्रेस र एमालेले ७ बुँदे सहमति गरेपछी असार ३० मा एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएको १० महिना नबित्दै आन्तरीक रुपमा असन्तुष्टि बढ्दै गएको देखिन्छ।

    खासगरी मुख्य सत्ता साझेदार कांग्रेसभित्र गभर्नर नियुक्ति, शिक्षक आन्दोलन, चिकित्सक तथा कर्मचारी आन्दोलन, अन्य कर्मचारी बढुवा लगाएतका विषयमा प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर असन्तुष्टि बढ्दै गएको देखिन्छ।जुन असन्तुष्टि पार्टीका महामन्त्रीहरुसँगै उपसभापतिदेखी अन्य जिम्मेवार नेता कार्यकर्ताबाट सार्वजनिक कार्यक्रममै पोखिँदै आएको छ।

    अर्कातिर एमाले माओवादीसहितको सहमतीमा बनेको तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट ओलीले कांग्रेससँग नयाँ साँठगाँठ गरेपछी सत्ताच्युत भएर एकाएक प्रतिपक्षीमा पुगेको माओवादी केन्द्रले पनि आफ्नो बिनासर्तको सहमतीमा केहिदिनमै कांग्रेस नेतृत्वमा नयाँ सरकार बन्ने उद्योष गर्दै हिँडेपछी सरकारलाई थप चिसो पसेको छ।

    जसकारण सिंगो स्वयं प्रधानमन्त्री ओलीलाई नै गठबन्धन पुरा अवधी निरन्तर जाने र आलोपाले सहमतीअनुसार अबको १५ महिनामा आँफुले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री छाड्ने व्रिफिङ दिदैं हिड्न वाध्य बनाएको छ। तरपनि कांग्रेसबाटै महामन्त्री गगन थापा,उपसभापति पूर्णबहादुर खड्का लगाएतका नेताहरुले सरकारप्रतिको असन्तुष्टि छताछुल्ल हुनेगरी पोख्दै हिड्न थालेपछी प्रधानमन्त्री ओली बाहिर बोलेजस्तो भित्र ढुक्क बन्न सक्नुभएको छैन।

    केहीदिन अघीमात्रै फरक कार्यक्रममा उपसभापति खड्काले प्रधानमन्त्रीले कार्यशैलि सुधार्नुपर्ने र सभापति स्वदेश फर्केपछि नयाँ ढंगले अघि बढ्ने अभिव्यक्ति दिँदा महामन्त्री थापाले कांग्रेसका लागी सरकार नै सबैथोक नरहेको र सरकारमा हुँदा अहिले कांग्रेसले धेरै कम्प्रमाइज गरिरहेकोले अब कम्प्रमाइज नगर्ने बरु आवस्यक परे सरकारबाटै बाहिरिने चेतावनी दिएपछी प्रधानमन्त्री ओलीलाई न निद न भोकजस्तो बनाएको हो।

    उता, सरकारबाट उछिट्टीएर एकाएक प्रतिपक्षीमा पुगेको माओवादी केन्द्रले नयाँ सरकार बनेको भोलीपल्टैबाट सरकारको आयु र दिन गनेर बसिरहेको छ। भने स्वयं अध्यक्ष प्रचण्डले आँफुलाई धोका दिएर प्रधानमन्त्री बनेका ओलीलाई बदला लिने रणनीतिअनुसार देउवालाई विनासर्त प्रधानमन्त्री बनाउने ढोक्सा थाप्नुभएको छ।

    सुरुबाटै सरकार धेरै दिन नटिक्ने दाबी गर्दै आएको माओवादीले अहिले सरकार असफल भैसकेको पार्टी बैठकबाटै निचोड निकालेको छ। पार्टी उपाध्यक्ष अग्नी सापकोटाले अहिले सरकार असंवैधानीक र अपारदर्शी रहेको भन्दै अब संवैधानिक व्यवस्थाअनुसार पहिलो दलको नेतृत्वमा सरकार बन्ने र दोश्रो दल प्रतिपक्षी बन्ने बताउनुभएको थियो।

    तर,यहीबिचमा कांग्रेस सभापति देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवा हालै थाइल्याण्डको भ्रमणमा रहेका बेला देउवा स्वदेश फर्किनासाथ सरकार ढल्ने चर्चा उत्कर्षमै पुग्गेपछी मनमा चिसो पसेर सशंकित बन्नुभएका प्रधानमन्त्री ओलीले देउवासँग फोन संवाद नै गर्नुपर्यो।

    फलस्वरुप देउवा दम्पति हिजो स्वदेश फर्किनासाथ एयरपोर्टमा सरकार परिवर्तनको प्रश्नको सामना गर्नुपर्यो। जवाफमा देउवाले संक्षिप्त जवाफ दिँदै गठबन्धनमा समस्या नरहेको भन्दै सरकार पुरा अवधी जाने र परिवर्तनको हल्ला आँफुलाई थाहा नभएको प्रतिक्रिया मात्रै दिनुभयो।

    सरकार ढल्ने चर्चाले सशंकित प्रधानमन्त्री ओलीले मनमा चिसो कायमै रहेपनि देउवाको जवाफबाट केही राहत मिलेको महसुस गरेको जस्तो प्रतिक्रिया दिनुभएको छ। आज प्रधानमन्त्री ओलीले हिजोसम्म देउवा आउनासाथ सरकार ढलिहाल्छ भन्दै हल्ला गर्नेहरू विमानस्थलमा देउवाले दिएको जवाफले पुर्पुरोमा हात हालेर थचक्कै ढलेको टिप्पणी गर्नुभयो। आँफुले सरकार केही हुँदैन भन्दा नपताउनेहरु अहिले नाजावाफ भएको उहाँको भनाई थियो।

    प्रधानमन्त्री मात्रै नभएर सरकारकै अन्य मन्त्रीहरु पनि अहिले सरकार परिवर्तनको जवाफ दिँदा दिक्क देखिन्छन्। प्रधानमन्त्रीकै भनाईमा हो मा हो मिलाउँदै गृहमन्त्री रमेश लेखकले पनि केही दिनमात्रै पहिले गठवन्धनमा केही समस्या नरहेको र पुरा अवधी यही समिकरण निरन्तर जाने दाबी गर्नुभएको थियो।

    कांग्रेस–एमालेबीच सहमतिअनुसार प्रधानमन्त्री आलोपालो गर्ने समझदारी छ। जसअनुसार प्रधानमन्त्री ओलीले अबको १५ महिनामा प्रधानमन्त्री पद देउवालाई हस्तान्तरण गर्नुपर्नेछ। तर प्रधानमन्त्रीको कार्यशैलिबाट कांग्रेस नेताहरु असन्तुष्ट बन्न थालेपछी त्यसअगावै सरकार परिवर्तनको डर बढेको छ।

    मुलुक अस्थिर राजनीतिले दलदलमा फसेकोले दलदलबाट बाहिर निकालेर निकास दिन भन्दै संविधान संशोधन लगाएतका विषयमा सहमती गरि मुलुकका दुई ठुला दलबिच भएको सहमती आँफै कार्यान्वायनबाट चुकेर फेरी देश थप अन्यौल र अस्थिरतामा धकेल्न खोज्नु स्वयं प्रधानमन्त्रीकै अकर्मन्यता र लाचारिपनसँगै अक्षमतासमेत हो।

    तसर्थ मुलुकलाई निकास दिन र विकास तथा समृद्धिको बाटोमा अगाडी बढाउँदै स्थीरता दिनुपर्ने आफ्नो दायीत्वबाट विमुख नभै सरकार जिम्मेवार बन्न जरुरी छ।


    शनिवार, बैशाख १३ २०८२०७:४०:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij