Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

जनअपेक्षा अनुसार काम गर्न नसकेको प्रचण्डको स्विकार

जनअपेक्षा अनुसार काम गर्न नसकेको प्रचण्डको स्विकार

  • शुक्रवार, बैशाख १२ २०८२

  • 332
    SHARES

  • जनअपेक्षा अनुसार काम गर्न नसकेको प्रचण्डको स्विकार

    काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनअपेक्षा अनुसार काम गर्न नसकेको स्विकार गर्नुभएको छ । आज बारपाकमा भूकम्प स्मृति दिवसलाई सम्बोधन गर्ने क्रममा उहाँले जनताको मतबाट निर्वाचित व्यक्ति प्रधानमन्त्री र मुख्यमन्त्री हुँदा पनि विकास सोचे जति नभएको बताउनुभयो ।

    प्रचण्डले राष्ट्रिय राजनीतिको जटिल परिस्थितिमा पनि यस क्षेत्रको विकास निर्माणका कामलाई सक्दो सहयोग गरेको दाबी पनि गर्नुभयो । उहाँले बारपाक ढल निकास आयोजना २८ करोडको ठेक्का लगाएर काम अघि बढेको, १० करोडको खानेपानी आयोजना, बारपाक बहुप्राविधिक शिक्षालयको छात्रावास तथा प्रशिक्षण भवन, सहिद आशाकाजी श्रेष्ठ स्मृति रङ्गशाला, निर्वाचन क्षेत्रीय रणनीतिक सडकमा ३ करोड विनियोजन गरिएको, ताक्लुङको हुँडीखोला पुल निर्माणको पहल गरेको लगायत काम गरिएको बताउनुभयो ।

    प्रचण्डले बारपाक भूकम्पकै कारण तत्कालीन समयमा राजनीतिक दलहरू एक ठाउँमा आएर संविधान निर्माण गरिएको र विपद्का बेला राहत र उद्धारमा काम गरेको बताए ।


    शुक्रवार, बैशाख १२ २०८२०४:३५:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij