Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

९ हजार २ सय १० जनाको पिसिआर परीक्षण गरिएकोमा १९ सय ४८ जनामा संक्रमण

९ हजार २ सय १० जनाको पिसिआर परीक्षण गरिएकोमा १९ सय ४८ जनामा संक्रमण

  • बुधवार, मंसिर १० २०७७

  • 920
    SHARES

  • ९ हजार २ सय १० जनाको पिसिआर परीक्षण गरिएकोमा १९ सय ४८ जनामा संक्रमण

    काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ४८ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार १ सय ४० जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ।

    आज देशभर १६ हजार ६ सय ३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।आज देशभर २८ जना संक्रमितको मृत्यु भएको छ।

    अहिलेसम्म १ हजार ३ सय ८९ जना संक्रमितको मृत्यु भइसकेको छ। पछिल्लो २४ घन्टामा ९ हजार २१० जनाको पिसिआर परीक्षण भएको छ।


    बुधवार, मंसिर १० २०७७०४:३१:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij