Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

सरकार विचौलिया र स्वार्थ समूहले चलाएको माओवादीको आरोप

सरकार विचौलिया र स्वार्थ समूहले चलाएको माओवादीको आरोप

  • शुक्रवार, बैशाख १२ २०८२

  • 334
    SHARES

  • सरकार विचौलिया र स्वार्थ समूहले चलाएको माओवादीको आरोप

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का उमहासचिव वर्षमान पुनले एकपछि अर्को व्यवहारले नै विचौलिया र स्वार्थ समूहले सरकार चलाएको पुष्टि भइसकेको बताउनुभएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । 

    १० महिनासम्म सरकारले दलाल, विचौलिया र स्वार्थ समूहको संरक्षण र प्रतिपक्षी दलका नेतासँग प्रतिशोध साँध्नेबाहेक केही नगरेको बताउँदै धितोपत्र बोर्ड र बीमा प्राधिकरणजस्ता नियामक निकायका नियुक्ति र स्वार्थ समूहले आफ्नो प्रतिनिधिलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्तिमा गरिरहेको चलखेल घामजत्तिकै छर्लङ्ग भएको बताउनुभयो ।

    अहिलेको सरकार विचौलियाले चलाएको कुराबारे जनताको घर–घरमा बहस हुन थालेको उहाँको भनाई छ ।


    शुक्रवार, बैशाख १२ २०८२०३:३९:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij