Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

यथासम्भव कानुन बनाउन सभामुख घिमिरेको अपिल

यथासम्भव कानुन बनाउन सभामुख घिमिरेको अपिल

  • शुक्रवार, बैशाख १२ २०८२

  • 328
    SHARES

  • यथासम्भव कानुन बनाउन सभामुख घिमिरेको अपिल

    काठमाडौं । प्रतिनिधी सभाका सभामुख देवराज घिमिरेले असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न यथासम्भव कानुन बनाउन अपिल गर्नुभएको छ । प्रतिनिधि सभाको छैटौं अधिवेशन प्रारम्भ भएको अवसरमा संसद्मा सम्बोधन गर्दै सभामुख घिमिरेले संसद्ले निर्माण गर्नुपर्ने कानुनलाई यथासम्भव टुङ्ग्याउन सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो ।

    संसद्को मुख्य जिम्मेवारी मुलुकका लागि कानून निर्माण गर्नु भएको बताउँदै सभामुख घिमिरेले समयमा नै कानून बनाउन नसक्दा देखिएका असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न संसदले निर्माण गर्नुपर्ने कानुनलाई यथासम्भव टुङ्ग्याउनु सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो ।

    संसद जनताको आवाजको प्रतिनिधित्व गर्ने थलो भएको उल्लेख गर्दै सभामुख घिमिरेले संसद्मा राष्ट्रिय मुद्दाहरूमा बहस गरिने र जनताको चाहना अनुरूप निर्णयहरू लिइने बताउनुभएको छ । संसद्को प्रभावकारिता अभिवृद्धि गर्न सकेमात्रै लोकतन्त्रको सुदृढिकरण, सुशासन, जवाफदेहिता र जनउत्तरदायी शासन प्रणाली निर्माणमा सहयोग पुग्ने सभामुख घिमिरेको भनाई छ ।

    बजेट अधिवेशनमा संसदको कामको चापलाई ध्यान दिँदै सभामुखले शनिबार र सार्वजनिक बिदा बाहेक संसद् सञ्चालन गरेर विद्यालय शिक्षा विधेयक, सङ्घीय निजामती सेवा विधेयक टुङ्ग्याउने गृहकार्य गर्नुभएको छ । दुवै विधेयक हाल सम्बन्धित समितिमा रहेकाले संसदमा छलफल गर्ने र पारित गर्ने काम अघि बढ्न सकेको छैन । सभामुखले समितिको प्रतिवेदन आएलगत्तै विद्यालय शिक्षा विधेयक, सङ्घीय निजामती सेवा विधेयकलाई सभाबाट पारित गर्ने कार्यसूची तय गर्न संघीय संसद सचिवालयलाई निर्देशन समेत दिनुभएको छ ।


    शुक्रवार, बैशाख १२ २०८२०१:४६:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij