Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

सरकार परिवर्तनको चर्चा हल्ला मात्रै हो - परराष्ट्र मन्त्री देउवा

सरकार परिवर्तनको चर्चा हल्ला मात्रै हो - परराष्ट्र मन्त्री देउवा

  • शुक्रवार, बैशाख १२ २०८२

  • 583
    SHARES

  • सरकार परिवर्तनको चर्चा हल्ला मात्रै हो - परराष्ट्र मन्त्री देउवा

    काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले सरकार परिवर्तनको कुरा हल्ला मात्र रहेको बताउनुभएको छ । आज थाइल्यान्डबाट स्वदेश फर्किनुभएकी मन्त्री देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सरकार परिवर्तनका कुरा मनोरञ्जनका लागि गरिएको टिप्पणी गर्नुभयो ।

    पछिल्लो समय आएका विभिन्न समाचार पढेर आफुपनि छक्क परेको बताउँदै उहाँले प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शेरबहादुर देउवाको बिचमा यो विषयमा कुराकानी भएकाले सरकार परिवर्तनको कुरा हल्लामात्रै भएको दाबी गर्नुभयो ।

    उहाँले थाइल्यान्डमा कुनै पनि दुई पक्षीय भेटघाट नभएको बताउँदै सभापति देउवाको व्यक्तिगत भ्रमण तथा उपचारका लागि गएका र आफू कार्यक्रमका लागि त्यहाँ गएको बताउनुभयो । त्यसअघि बिमस्टेक बैठकमा गएका बेला दुई पक्षीय भेटघाट भएको तर यो भ्रमणमा केही पनि नभएको उहाँले बताउनुभयो ।

     


    शुक्रवार, बैशाख १२ २०८२०१:३२:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij