काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षे अधिवेशनको पहिलो दिन शुक्रबारको संसद् बैठकमा सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ । संघीय संसद्को वर्षे अधिवेशन सुरू हुने भएपछि प्रधानमन्त्री ओलीले शुक्रबार संसद्मा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो।
तर शुक्रबारको बैठकमा शीर्ष नेताहरू उपस्थित नहुने भएपछि सम्बोधन स्थगित गरिएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले बताउनुभयो । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखाको बारपाकमा हुनुहसन्छ, भने सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा थाइल्याण्डमा हुनुहुन्छ ।
उहाँहरु ख्वै जना शुक्रबार अपरान्ह मात्रै काठमाडौं आइपुग्ने तालिका रहेको छ। प्रतिपक्षी र सत्तारुढ दुई ठूला नेता अनुपस्थित हुने भएपछि प्रधानमन्त्री ओलीको सम्बोधन पनि रोकिएको हो ।