Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

  • बुधवार, मंसिर १० २०७७

  • 1.1K
    SHARES

  • पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । पश्चिमी वायुको प्रभावले बुधबार देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।

    पश्चिमी वायुको प्रभावले वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    उक्त प्रणालीको प्रभावले बिहीबार बेलुकासम्म देशका अधिकांश स्थानमा आंशिकदेखि पूर्ण बदली हुनाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातकोसमेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।‘बिहीबार रातिदेखि मौसममा क्रमिक सुधार हुँदै जानेछ’–मौसमविद् श्रेष्ठले भन्नुभयो ।

    पश्चिमी वायुको प्रभावसँगै देशभर चिसो बढेको छ ।बुधबार राति प्रदेश नम्बर–१, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही देशका अन्य भू–भागमा आंशिक बदलीको सम्भावना रहेको बताइएको छ ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बुधबार काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम ५.६ डिग्री र अधिकतम् तापक्रम २०.० डिग्री सेल्सियस छ ।

    त्यस्तै, बुधबार सबैभन्दा कम जुम्लाको न्यूनतम् तापक्रम –०.८ डिग्री र सबैभन्दा धेरै सिमराको न्यूनतम् तापक्रम १३ डिग्री सेल्सियस छ । रासस

     


    बुधवार, मंसिर १० २०७७०३:५१:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij