काठमाडौं । नेपालको राजतन्त्र संवैधानिक हुनै नसक्ने नेपाली कांग्रेस महामन्त्री गगन थापाले बताउनु भएको छ । यो विषय नेपाली समाजको नभएको र यसमा बोल्न आवश्यक नभएको थापाले तर्क गर्नुभयो ।
आज काठमाडौँ आयोजित लोकतन्त्र दिवसको अवसरमा सेन्टर फर डेमोक्रेसी डाइलगमा महामन्त्री थापाले इतिहासमा मिल्काइसकेको विषयमा चर्चा गर्नु जरुरी नभएको र राजतन्त्रको विषयमा उत्तेजनामा नआउन आग्रह गर्नुभयो ।
त्यस्तै उहाँले अहिलेको नेतृत्व वैधानिक भएको तर अवैध भएको भएको तर्क गर्नुभयो । यो अहिलेको सबैभन्दा ठुलो समस्या भएको बताउँदै उहाँले पार्टीभित्रबाट शक्ति प्राप्त गरेकाले वैधानिक भएपनि आम मानिसबाट विश्वास र भरोस टुटिसकेकाले अवैध भएको बताउनुभयो ।