Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

निजी मेडिकल कलेजलाई सहयोग नगर्ने चेतावनी स्वास्थ्य मन्त्रीको चेतावनी

निजी मेडिकल कलेजलाई सहयोग नगर्ने चेतावनी स्वास्थ्य मन्त्रीको चेतावनी

  • बिहिवार, बैशाख ११ २०८२

  • 478
    SHARES

  • निजी मेडिकल कलेजलाई सहयोग नगर्ने चेतावनी स्वास्थ्य मन्त्रीको चेतावनी

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकलाई सरकारी सरह भत्ता नदिए निजी मेडिकल कलेजलाई सहयोग नगर्ने चेतावनी दिनुभएको छ ।

    सरकारले आवासीय चिकित्सकलाई निर्वाह भत्ता ८ औं तहको निर्णय गरे पनि निजी मेडिकल सञ्चालकले नटेरेको भन्दै मन्त्री पौडेलले निर्णय कार्यावन्यन नगरेसम्म मन्त्रालयबाट कुनै पनि सहयोग नहुने बताताउनुभयो ।

    आज नेपाल चिकित्सक संघ, आवासीय चिकित्सकले गठन गरेको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल समितिसँगको छलफलमा मन्त्री पौडेलले सरकारले गरेको निर्णयलाई जुनसुकै हालतमा पनि निर्णय गर्ने बताउनुभएको हो ।

    निजी मेडिकलले ४८ हजार निर्वाह भत्ता कार्यावन्यन नगरेसम्म मन्त्रालयसँग सरोकार रहेका कुनै पनि काम अगाडी नबढ्ने बताउँदै मन्त्री पौडेलले निजी मेडिकल सञ्चालकले यसविषयमा थप तर्क गरिराख्न आवश्यक नभएको बताउनुभयो ।

    निजी मेडिकल सञ्चालकले सेवा मुलुकभन्दा पनि व्यापारको हिसाबले मात्रै हेरेको उहाँको भनाई छ । पीजीको सिट र शुल्क बढाउनका लागि छलफल गर्न सकिने पौडेलको भनाई छ ।

     


    बिहिवार, बैशाख ११ २०८२०२:५५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij