काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टीसँग एकता घोषणाको तयारी भइरहेको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले जनमत र नागरिक उन्मुक्तिबीच एकता घोषणाको तयारी भइरहेको बताउनुभएको हो ।
जनताको भावना र आकांक्षा एकता भएकोले एकताको लागि अगाडि बढ्ने बताउँदै राउतले यही वैशाख १७ गते जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच घोषणाको तयारी गरिरहेको बताउनुभएको छ ।
उहाँले जनमत र नागरिक उन्मुक्तिबीच एकता हुन लागेपछि धेरै पार्टी र शक्तिहरूको निन्द्रा उडेको दाबी समेत गर्नुभएको छ । राउतले दुई दलबीच एकता हुन नदिन षड्यन्त्र भइरहेको भन्दै परिवारमा झगडा गराउनेदेखि आफूलाई ज्यान मार्ने धम्की र रेशम चौधरीलाई फेरि पक्राउ गराइदिने धम्की दिएर एकता हुन नदिने प्रपञ्च भइरहेको दाबी गर्नुभएको छ ।