Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

आन्दोलनलाई फेरि एकताबद्ध गर्न आवश्यक छ - प्रचण्ड

आन्दोलनलाई फेरि एकताबद्ध गर्न आवश्यक छ - प्रचण्ड

  • मंगलवार, बैशाख ९ २०८२

  • 554
    SHARES

  • आन्दोलनलाई फेरि एकताबद्ध गर्न आवश्यक छ - प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको आवश्यकता आन्दोलनलाई फेरि एकताबद्ध गर्नु भएको बताएका छन् । आज नेकपा को ७७औँ स्थापना दिवस तथा १५६औँ लेनिन जयन्तीको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरूले विचार, सिद्धान्त र सच्चा कम्युनिस्टहरूका वैचारिक आधारमा एकता चाहेको बताउनुभयो ।

    कम्युनिस्ट पार्टीको संघर्षपूर्ण इतिहासको चर्चा गर्दै कम्युनिस्ट आन्दोलनले विभाजन, घात–प्रतिघात र बलिदानबिच यात्रा तय गरेको स्मरण गराउँदै आन्दोलनलाई फेरि एकताबद्ध गर्नु आजको आवश्यकता भएको बताउनुभयो ।

    जनयुद्धका सहिद र बेपत्ता योद्धाहरूप्रति सम्मान व्यक्त गर्दै उहाँले उहाँहरूका परिवारहरूसँग गरिएको संवादलाई पार्टीको ऐतिहासिक जिम्मेवारीको रूपमा उल्लेख गर्नुभयो । देशको वर्तमान राजनीतिक अवस्था र सरकारको भूमिकाप्रति गम्भीर टिप्पणी गर्दै उहाँले शिक्षकमाथि देखिएको उदासीनता र अपमानजनक व्यवहारको विरोध गर्नुभयो । लाखौँ शिक्षकहरू आन्दोलनमा भएपनि सरकार गैरजिम्मेवार बनेको आरोपव लगाउँदै प्रचण्डले आफु प्रधानमन्त्री हुँदा गरिएको सहमति अनुसार विधेयक संसद्मा दर्ता भइसकेकाले त्यसलाई अविलम्ब अघि बढाउन र शिक्षकका माग पुरा गर्न गम्भीर बनोस् सरकार जनभावनासँग खेलबाड नगर्न आग्रह गर्नुभयो ।

    लेनिनको जन्म जयन्तीकै दिन पार्टीको स्थापना हुनु ऐतिहासिक संयोग मात्र नभई प्रेरणाको विषय भएको भन्दै प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी आज ७७ वर्षको भएको र यो कुरा सम्पूर्ण कम्युनिस्ट आन्दोलनका लागि गर्वको विषय भएको बताउनुभयो ।


    मंगलवार, बैशाख ९ २०८२०३:१४:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij