Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

प्रतिगमनलाई परास्त गर्नुपर्ने नारायण काजीको भनाई

प्रतिगमनलाई परास्त गर्नुपर्ने नारायण काजीको भनाई

  • मंगलवार, बैशाख ९ २०८२

  • 587
    SHARES

  • प्रतिगमनलाई परास्त गर्नुपर्ने नारायण काजीको भनाई

    काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रतिगमनलाई बल पु¥याउनेहरुलाई परास्त गर्नुपर्ने बताउनुभएको छ । आज काठमाडौंमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र अबको कार्यभार विषयक विचार गोष्ठीमा बोल्दै श्रेष्ठले यथास्थितिवादकै कारण प्रतिगमनकारीहरुले टाउको उठाइरहेको भन्दै त्यसलाई परास्त गर्नुपर्ने बताउनुभयो ।

    यथास्थितिवाद सत्ताभोग, भ्रष्टाचार र निरंकुशताको मुख्य पक्ष बनेको उहाँले बताउनुभयो । श्रेष्ठले सरकार यथास्थितिवादको मुख्य बाहकको रुपमा रहेकाले त्यसकाविरुद्ध पनि संघर्ष गरेर मात्रै प्रतिगमनविरुद्धको लडाईलाई सफल पार्न सकिने तर्क गर्नुभएको छ।

    त्यस्तै उहाले कम्युनिष्ट पार्टीहरुसँग एकता र ध्रुवीकरण प्रक्रियाअघि बढाउँदै वामपन्थी पार्टीहरुको वामपन्थीकरणका लागि प्रयत्न गर्नुपर्ने बताउनुभएको छ । संविधानको कार्यान्वयन गर्दै सामाजिक आर्थिक रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले सडक, सदन र सरकारको मोर्चालाई संयोजन गरी शान्तिपूर्णबाटोबाट समाजवादउन्मुख समृद्धिलाई मूल कार्यदिशा बनाउनुपर्ने जिकीर गर्नुभयो ।


    मंगलवार, बैशाख ९ २०८२०१:३६:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij