Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

शिक्षामन्त्री भट्टराईले दिइन् पदबाट राजीनामा

शिक्षामन्त्री भट्टराईले दिइन् पदबाट राजीनामा

  • सोमवार, बैशाख ८ २०८२

  • 443
    SHARES

  • शिक्षामन्त्री भट्टराईले दिइन् पदबाट राजीनामा

    काठमाडौं । शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला शिक्षामन्त्री विद्या भट्टराईले आज राजीनामा दिनुभएकोछ । उहाँले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी दिनुभयो । उहाँले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाउनुभएको हो । अहिले सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी छ । सम्भवतः आजकै मन्त्रिपरिषद्बाट उहाँको राजीनामा स्वीकृत हुनेछ ।

    शिक्षक महासंघसँग बारम्बार संवाद भइरहेको छ तर निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा पर्नुभएको थियो । प्रधानमन्त्रीको सचिवालयले भट्टराईको राजीनामा पत्र आइसकेको जानकारी दिएको छ ।२० दिनदेखि देशभरका सामुदायिक र सरकारी विद्यालयका शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका बेला भट्टराईको राजीनामा आएको हो ।

    आन्दोलनरत शिक्षक तथा कर्मचारीका मागका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईबीच आज छलफल भएको थियो। प्रधानमन्त्रीसँग छलफल गर्न मन्त्री भट्टराई आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो ।


    सोमवार, बैशाख ८ २०८२०६:३९:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij